काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प ग्लोबल अन्तर्प्िरन्योरशिप समिटमा भाग लिन भारतको हैदराबाद पुुगेकी छिन्।
भारत सरकारले उनलाई भव्य स्वागत गरेको छ।
तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावले इभान्कालाई साडी उपहार दिएका छन्। गोलाभामा साडीमा चाँदीको मिहिन कारीगरी छ।
साडीको मूल्य ६४ लाख भारतीय रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त साडी बनाउन दुुई महिना लागेको थियो।
इभान्कालाई साढे दुई किलो चाँदीबाट बनेको चारमीनारको प्रतिरूप र डेढ किलो चाँदीले बनेको हाँसको एक प्रतिमा पनि उपहार दिइएको छ।
भारतमा इभान्काका लागि खास डिनरको पनि आयोजन गरिएको छ।
प्रतिक्रिया