काठमाण्डु – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि एक वर्ष थप भएको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोग र यसका पदाधिकारीहरुको म्याद एक वर्ष थप गरिएको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
पछिल्लो पटक अध्यादेशमार्फत आयोगको छ महिनालाई थपिएको म्याद बिहीबार सकिँदछ । सत्य निरूपण आयोगको अध्यक्षमा गणेशदत्त भट्ट छन् भने बेपत्ता छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदी छन् ।
तत्कालीन नेकपा माओवादीको १० वर्षे द्वन्द्वकालमा जघन्य मानव अधिकार उल्लंघनका घटनाबारे छानविन गर्न २०७१ मा सरकारले आयोग गठन गरेको थियो ।
प्रतिक्रिया