निमावि शिक्षक लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थप

निमावि शिक्षक लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थप


काठमाण्डु – शिक्षक सेवा आयोगले निम्न माध्यमिक (निमावि) तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।

मंगलबार राति ११ बजेर ५९ मिनेटसम्म फाराम भर्ने म्याद रहेकोमा अब कात्तिक २ गतेसम्म भर्न सकिनेछ ।

आयोगले भदौ ३१ गते सूचना जारी गरेर गर्दै आवेदन फाराम भर्न आह्वान गरेको थियो । अनलाइन पोर्टलमा दरखास्त फाराम भर्ने परीक्षार्थीहरूको अत्यधिक चाप रहेकाले म्याद थप गरिएको आयोगका उपसचिव कृष्णप्रसाद ढुङ्गानाले बताए ।

सिङ्गल दस्तुरमा कात्तिक २ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत भर्न सकिनेछ भने दरखास्त दस्तुर कात्तिक ४ गतेसम्म तिर्न सकिने आयोगले जनाएको छ ।

दोब्बर दस्तुरमा कात्तिक ३ गतेदेखि ६ गते राति ११ बजेर ५९ मिनेटसम्म कायम गरिएको छ । दोब्बर दस्तुरको राजस्व तिर्ने समयावधि कात्तिक ७ गते कार्यालय समयसम्म कायम गरिएको आयोगले जनाएको छ ।