काठमाडौं– त्रिभुवन विश्वविद्यालय (टीयू) शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरुले २५ जना प्राध्यापकलाई थुनिदिएका छन्।
नियमित रुपमा अध्यापन गराउनुुपर्ने भन्दै उनीहरुले विभागीय प्रमुख कृष्णप्रसाद आचार्यसहित २५ जना प्राध्यापकलाई विभागीय प्रमुखकै कार्यकक्षमा बिहीबार थुनिदिएका हुन्।
करार हुनुपर्ने माग गर्दै आंशिक प्राध्यापक संघले वैशाख १६ गतेदेखि विश्वविद्यालयमा पढाउन छाडेका छन् । तर विद्यार्थीहरुले भने कक्षा नियमित हुनुपर्ने भन्दै बिहीबार विभागीय प्रमुखसहितका प्राध्यापकलाई थुनिदिए। ताला ताेड्न प्रहरी पुगेकाे थियाे।
प्रतिक्रिया