अदालतको आदेशपछि विश्वविद्यालय क्याम्पसले स्ववियु निर्वाचनबारे निकाल्यो सूचना

अदालतको आदेशपछि विश्वविद्यालय क्याम्पसले स्ववियु निर्वाचनबारे निकाल्यो सूचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अदालतले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नगर्न आदेश दिएपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन स्थगित भएको सूचना प्रकाशित भएको छ ।

स्ववियु निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै निर्वाचनका कार्यक्रम स्थगित गरिएको जानकारी गराएको छ ।

स्ववियु निर्वाचनको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेपछि अदालतले प्रक्रिया रोक्न आदेश दिँदै अन्तरिम आदेशको छलफलका लागि चैत १० गते बोलाएको छ ।

अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचन कार्यक्रम स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।

यस्तो छ सूचना –