काठमाण्डु- त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सोमबार स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते हुन नसकेको निर्वाचन सोमबार हुन लागेको हो ।
६ हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको केन्द्रीय क्याम्पसमा भोटिङ मेसिनमार्फत मतदान हुनेछ।
नेविसंघको आन्तरिकविवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो । त्यसपछि नेविसंघबाट दीपकराज जोशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनोज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो।
त्यसपछि चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो। नेविसंघकै असन्तुष्ट पक्ष कार्की समूहले अदालतमा आफ्नो उम्मेदवारी खारेज गरिएकोविरूद्धमा रिट हालेका थिए । उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्कीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । जसले गर्दा ८ गतेको निर्वाचन समेत अनिश्चित बनेको थियो।
चैत १६ गते अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेपछि त्रिविले सोमबारका लागि निर्वाचनको मिति तय गरेको थियो।
प्रतिक्रिया