त्रिविमा ५८ साल देखि सीमा कटेका विद्यार्थीले मौका परीक्षा दिन पाउने

त्रिविमा ५८ साल देखि सीमा कटेका विद्यार्थीले मौका परीक्षा दिन पाउने


काठमाण्डु– त्रिभुवन विश्वविद्यालयले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीका लागि यस पटक परीक्षा दिन पाउने मौका दिएको छ ।

त्रिविले मङ्गलवार एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिको समयसीमा कटेका विद्यार्थी ले मौका परीक्षा दिन पाउने भएको जानकारी दिएको हो।

असोज ७ गते बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले उक्त निर्णय गरेको थियो । यस्तै एआई (आर्टिफिसियल इन्टेलिजेन्सी)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने छ ।हाल परीक्षाफलमा मोबाइल फोन तथा इलेक्ट्रिोनिक डिभाइसहरू लैजान प्रतिबन्ध छ ।

तरपनि कतिपय ठाउँमा धेरै विद्यार्थीको एउटै उत्तर भेटिने, एआईको प्रयोग गरे उत्तर लेख्ने गरेको पाइएको छ । यसका लागि विश्वविद्यालयले आधिकारिक रूपमा नै डिस्करेज गर्न आह्वान गरेको छ ।