त्रिवि क्रिकेट मैदान पुनर्निर्माणको प्रगति कस्तो छ ?

त्रिवि क्रिकेट मैदान पुनर्निर्माणको प्रगति कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको काम तोकिएको मितिभित्र पूरा हुने गरी अगाडि बढिरहेको बताएका छन् ।

बिहीबार त्रिवि क्रिकेट मैदानको अवलोकन गर्दै उनले प्रतिकूल मौसममा पनि पूर्वाधार निर्माणको काम भइरहेको भन्दै जनशक्ति बढाएर तोकिएको मितिभित्र काम सकाउने हिसाबले अगाडि बढेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको विशेष चासो भएको प्रोजेक्ट भएकाले योभन्दा अगाडि पनि अवलोकनमा आएका थियौं र आज हालसम्मको प्रगति बुझ्ने काम भएको छ । यस्तो प्रतिकूल मौसममा पनि काम भइरहेको छ, तोकिएको मिति भित्र काम सकाउने हिसाबले काम अगाडि भएको पाएका छौं ।’

टीयू क्रिकेट मैदानबारे सम्बन्धित व्यक्तिहरूसँग पनि मन्त्रालयमा बोलाएर यसको प्रगतिबारे सोध्ने गरेको उनको भनाइ छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर हाल पुनर्निर्माणको क्रममा छ । वैशाख २४ गतेभित्र यसको निर्माण कार्य सकिने शहरी विकास मन्त्रालयको भनाइ छ ।