त्रिविमा स्नातक अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुनेलाई मौका परीक्षाको सुविधा

त्रिविमा स्नातक अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुनेलाई मौका परीक्षाको सुविधा


काठमाण्डु-त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन्  ।

कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै विश्वविद्यालयले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो ।

मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने र अन्तिम वर्षको परीक्षाको नतिजा सार्वजनिक भएको दुई हप्ताभित्रमा मौका परीक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयकाअनुसार स्नातकोत्तर तहको नयाँ भर्नामा सहभागी हुन पाउने गरी नतिजा सार्वजनिक हुने छ । अहिले सेमेस्टर प्रणालीमा पढाइ हुने स्नातक र स्नातकोत्तर तहमा मात्रै मौका परीक्षा सञ्चालन हुँदै आएको छ ।