टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प


काठमाण्डु-टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको समाचार नआएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयानुसार बुधबार बिहान मालात्या प्रान्तको काले शहर केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

यस क्षेत्रमा सन् २०२३ मा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस भूकम्पले टर्की नराम्ररी प्रभावित भएको थियो । भूकम्पबाट ५३ हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको थियो । भूकम्पले छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।

भूकम्पपछि प्रान्तीय गभर्नरले सबै प्राथमिक र माध्यमिक विद्यालय एक दिनका लागि बन्द हुने जनाएका छन् ।

भूकम्पको कम्पन दक्षिणपूर्वतर्फ लगभग एक सय ४० किलोमिटर (करिब ९० माइल) टाढा रहेको दियारबकिरसहित क्षेत्रका केही ठूला शहरमा बलियोसँग महसुस गरिएको थियो ।