टर्कीका पूर्व प्रधानमन्त्रीले नयाँ पार्टी खाेले

टर्कीका पूर्व प्रधानमन्त्रीले नयाँ पार्टी खाेले


टर्की – टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन् ।

हाल सत्तारुढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्ष समेत रहेका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासन सम्बन्धि कारबाही भएपछि उनले सो पार्टी परित्याग गरेका थिए ।

त्यसपछि हालै मात्र नयाँ पार्टी खोलिएको उनले घोषणा गरेका हुन् । सो नयाँ पार्टीको नाम ‘फ्युचार’ रहेको डाभुटोग्लुल शुक्रबार घोषणा गरेका हुन् ।

‘यो फ्युचर पार्टी देशकै फ्युचर हो, टर्कीकै भविष्य हो,’ पार्टी घोषणा समारोहमा उनले भने ।

विरोध, आलोचना, डर र दबावकाबीच नयाँ पार्टी घोषणा भएको पनि उनले बताएका छन् । देशलाई सुन्दरलाई बनाउनको लागि एकजुट भएर काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्व विदेशमन्त्री समेत रहनु भएका डाभुटोग्लुले सन् २०१४ देखि २०१६ सम्म प्रधानमन्त्री बनेका थिए । उनी टर्कीको राष्ट्रपति रेसेप तायिप एर्डोगानको अतिनिकटको सल्लाहकार पनि भएका थिए ।