एजेन्सी – टर्कीको संसद बैठकमा नै सांसदहरु कुटाकुट भएको छ । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच हात हालाहालको अवस्था सिर्जना भएको हो ।
प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै कडा आलोचना गरेपछि दर्जनौँ सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए ।
झगडाको क्रममा केही सांसदले कुर्सीमाथि टेकेर मुड्की प्रहार गरेका थिए । सांसदहरुको झगडाको भिडिओ फुटेज समेत सामाजिक सञ्जालमा भाइरल भएको छ ।
राष्ट्रपतिको आलोचना गर्ने सांसद एन्जिन ओजकोक रिपब्लिक पिपल्स पार्टीका प्रतिनिधि हुन् । जसले राष्ट्रपति एर्दोगनलाई सिरियाको इडलिबमा गत साता मारिएका सिपाहीको अपमान गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए ।
उनले राष्ट्रपतिविरुद्ध लड्न टिर्कस जनताका छोराछोरीलाई पठाइदिन समेत आग्रह गर्दै संसद बैठकमा कडा आलोचना गरेका थिए । संसदका प्रवक्ता मुस्तफा सेन्तोपले ती सांसदको अभिव्यक्तिलाई रोकेका थिए ।
İşte Meclis'teki kavga anlarıhttps://t.co/tKF4IPGMbM pic.twitter.com/MQNe08Sr9C
— Cumhuriyet (@cumhuriyetgzt) March 4, 2020
प्रतिक्रिया