बोइङले टर्किस एयरलाई २२ करोड ५० लाख क्षतिपूर्ति दिने

बोइङले टर्किस एयरलाई २२ करोड ५० लाख क्षतिपूर्ति दिने


वसिङटन – बोइङकै ठूलो ग्राहक टर्किस एयरलायन्सले अमेरिकी विमान निर्माता कम्पनीसँग ७३७ म्याक्स एयरक्राफ्ट ग्राउन्डेड भएपछि गुमाएको क्षतिका लागि क्षतिपूर्ति दिने विषयमा सहमतीमा पुगेको जनाएको छ ।

बोइङले कति क्षतिपूर्ति दिने भन्ने विषयमा भने केही खुलाइएको छैन । यो क्षतिपूर्ति कुलमा २२ करोड ५० लाख डलर हुने हुरियेत अखबारले जनाएको छ । यसको १५ करोड डलर क्षतिपूर्तिमा र ७ करोड ५० लाख स्पेयर पार्टस् र तालिमका लागि खर्च हुने उल्लेख गरिएको छ ।

टर्किस एयरलायन्सले यो महिनाको सुरुमा ७३७ म्याक्सको अनिश्चितता र यसले पुर्याएको क्षतिका कारण बोइङ बिरुद्ध मुद्धा हाल्ने घोषणा गरेको थियो ।

टर्किस फ्ल्यागशीप क्यायिरमा २४ बोइङ–७३७ म्याक्स विमान रहेका छन् । ७३७ म्याक्स मार्चदेखि ग्राउन्डेड भएका छन् । पाँच महिनाकै अवधिमा इन्डोनेसिया र इथियोपियामा भएको दुई भयानक दूर्घटनामा ३४६ मानिसको मृत्यू भएपछि यी विमान ग्राउन्डेड भएका हुन् ।

गत साता बोइङले आफ्ना सीईओ डेनिस मुइलेनबर्गलाई बर्खास्त गरेको थियो । फर्ममा विस्वास कायम गर्नका लागि यो कदम आवश्यक भएको भन्दै कम्पनीले उनलाई बर्खास्त गरेको हो । हाल बोइङ लगानीकर्ता, ग्राहक र उड्डयन नियामकको विश्वास फर्काउने प्रयासमा लागि रहेको छ ।

आफू २०१९ को नाफा लक्ष्यमा पुग्न सफल नहुने कुरा बोइङले यसै महिना स्वीकार गरेको थियो र कम्पनीले ७३७ म्याकसको उत्पादन जनवरीदखि रोक्ने घोषणा गरेको थियो ।