टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना गर्ने घोषणा

टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना गर्ने घोषणा


काठमाण्डु – दशैंको अवसरमा टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’को आयोजना गर्ने भएको छ ।

मेलामार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारीसाधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

असोज १५–२० गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारका साथै विशेष दशैं अफरहरूको फाइदा लिन सक्नेछन् ।

टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत् सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीेले दाबी गरेको छ । मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारीसाधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जनाएको छ ।

दशैंलाई दृष्टिगत गर्दै टीभीएसले उपभोक्तालाई अझ बढी फाइदा दिलाउने सोचका साथ विशेष अफरहरूको व्यवस्था पनि गरेको छ ।

दशैंका अवसरमा कम्पनीले खरिद गर्नुअघि नै उपभोक्ताका लागि ५ लाखसम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । खरिद गर्दा १० लाखसम्मको छुट पाउने अवसर र साप्ताहिक ‘क्यास ब्याक’ अफरअन्तर्गत हरेक साता १००% क्यास ब्याक जित्ने अवसर पनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।

दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्यांकनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुईपांग्रे सवारीसाधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् । एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मन पर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको जनाइएको छ ।

वित्तीय चिन्ताले पिरोलिरहेको छ ? मेलामार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्नेछ । ग्राहकहरूले ग्यारेन्टर विना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।

मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरूका लागि निश्चित उपहारहरूको समेत व्यवस्था रहने छ ।

मेलामार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा ०% प्रतिशत ईएमआईको सुविधा उपलब्ध गराउने छ ।

एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारीसाधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् । आफ्ना उपभोक्ताले सवारीसाधन खरिद गरेदेखि नै पूर्ण सुविधाको उपभोग गर्न पाऊन् भन्ने सोचका साथ कम्पनीले सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

जगदम्बा मोटर्स प्रालिको बारेमा

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित हुन पुगेको छ ।