काठमाण्डु – नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टीभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गर्ने भएकाे छ ।
असोज ३१ बाट कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यस भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् ।
यस मेलामा सहभागीहुने ग्राहकलेआफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदापाउने छन् बजार मुल्याङ्कनभन्दा ७ हजार बढी, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुट छ।
यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्यागजस्ता उपहार पनिप्राप्तगर्न सक्ने छन् ।
प्रतिक्रिया