टीभीएस रेडर १२५ लाई आइएमओटीवाइ उपाधि

टीभीएस रेडर १२५ लाई आइएमओटीवाइ उपाधि


 काठमाण्डु – टीभीएस रेडर १२५लाई प्रतिष्ठित भारतीयअवार्ड, इण्डियन मोटरसाइकलअफदिइयर (आईएमओटीवाई)उपाधिद्वारा सम्मानितगरिएको छ ।

टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो ।

इण्डियन मोटरसाइकल अफ दिइयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यिय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यनदत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।

इंडिया टुडे उल्लेखित लेखद्वारा ‘निर्णायक मण्डलीका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणिकरण प्रदानगर्ने हुँदाआईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ । टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ । यसका श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई मायाँ गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ’, अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिंग अनिरुढ हल्दारले भने, ।

साथै मोटरसाइकलहरु अवार्डका लागि मान्य हुन१ डिसेम्बर २०२० देखि ३० नोवेम्बर २०२१ सम्ममा प्रदर्शित भइसकेको हुनु पर्दछ । उपाधि विजेताको घोषणा निर्णयक मण्डलीको भोटका आधारमा गरिएको हाे ।

सन् २००७ माभारत भरका वरिष्ठ तथा कहलिएका अटोमोबाइल पत्रकारहरुको भेला हुँदा आईएमओटीवाईको शुरुवात गर्ने निर्णयसंगै यस अवार्डको थालनी गरिएको थियो । मित ब्ययीमूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको छ ।

जगदम्बा मोटर्सद्वारा सन् २०२१ को नोवेम्बरमा सार्वजनिकगरिएको यो बाइक युवाहरुमाझअत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनिय संख्यामा विक्रि भइरहेको छ ।टीभीएस रेडर १२५माआकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवलमोनोशक सस्पेन्सन, यूएसबीचार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायतविशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँएलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझआकर्षण प्रदान गरेको छ ।

१ सय २४ दशमलव ८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर ईञ्जिनद्वारा शक्तिप्रदानगरिएको यसले ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएमअधिकतम टर्कउत्पादनगर्ने क्षमताबोकेको छ ।

बजारमा उपलब्ध अधिकांश १सय ५० सीसीका मोटरसाइकलमा हाल सम्मपनि २ भल्भइञ्जिनको प्रयोग भइ रहँदा यो बाइक भने ३ भल्भइञ्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ । यो मोटरसाइकलले शुन्यदेखि ६० किलो मिटर प्रति घण्टाको गतिजम्मा ५.९ सेकेण्डमा प्राप्त गर्ने क्षमता बोकेको छ ।