सातै प्रदेशमा ‘टिभीएस राइडर- सप्तरंग–३’ हुने

सातै प्रदेशमा ‘टिभीएस राइडर- सप्तरंग–३’ हुने


काठमाण्डु – सातै प्रदेशमा ‘टिभीएस राइडर– सप्तरंग–३’ हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टिभीएस राइडर– सप्तरंग–३’ हुने जानकारी दिएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ ।

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरंग’ को मूल आशय हो । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिर देखी काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुने छ ।

काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ । ‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल,अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी भएका छन् ।

नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभुषालाई विश्वसामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाई लाई प्रष्टाएको छ ।

दोश्रो संस्करणको सफल आवद्ध पश्चात यो पटक फेरी टिभीएस मुख्य प्रायोजकको रुपमा आबद्ध भएको छ । यो पटक टिभीएसले आफ्नो नयाँ ‘बाईक टिभीएस’ साथ् लिएर प्रचार अगाडी बढाउने भएको छ । केहि साता अगाडी मात्र नेपाली बजारमा सार्वजनिक गरिएको टिभीएस राइडरलाई यसको स्पोर्टी लुक्स, पावर र पिक–अप ले गर्दा ग्राहकहरुको मन जित्न सफल भएको छ र सातै प्रदेशमा सप्तरंग संग आबद्ध भै टिभीएस राइडर सातै प्रदेशमा सार्वजनिक गरिने भएको छ ।