काठमाण्डु – लोकप्रिय टू–ह्वीलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड अन्तर्गत नारायणगढको मल्ल श्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्क ल्याण्ड सम्म राइडको आयोजना गरेको छ ।
उक्त राइडमा ४० जना राइडर सहभागी थिए । त्यसक्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षासम्बन्धी जानकारी समेत दिएका थिए ।
उनले भने, ‘हामीले सडक सुरक्षासम्बन्धी थप जानकारी दिने मौका पाएका छौं। यो हाम्रो लागि गर्वको कुरा हो। नेपालको पर्यटकीयस्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ। यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं।’
त्यस क्रममा ब्लगर अरुण लम्सालले पनि मन्तब्य राखेका थिए। उनले अन्य ब्राण्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टिभिएसले गरेकोमा खुशी व्यक्त गरे।
टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ। यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ। यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको छ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
प्रतिक्रिया