काठमाण्डु- आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले हङकङसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे तल्लो मुलपानी मैदानमा शुरू हुनेछ ।
नेपालको टोलीले बुधबार तेस्रो खेल खेल्न लागेको हो । यसअघि आइतवार यूएई र सोमवार ओमानलाई हराएको नेपालले लगातार दोस्रो जीत निकालेको छ ।
नेपालको चार अङ्क छ । एशिया छनोटमा घरेलु टोली नेपालसहित ओमान, यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् ।
छनोटको शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुने छ ।
यस्तै बुधबारअ नै फगानिस्तान र यूएईबीच पनि माथिल्लो मुलपानी मैदानमा खेल हुने छ । यसअघि ओमान र हङकङलाई हराएको अफगानिस्तानको पनि चार अङ्क नै छ । नेपालले शनिवार अफगानिस्तानसँग खेल्ने छ ।
प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् । प्रतियोगिता यही शनिवारसम्म चल्नेछ । नेपालले आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।
प्रतिक्रिया