काठमाण्डु– संयुक्त अरब इमिरेट्स (युएई)का परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउने भएका छन् ।
युएईका परराष्ट्र तथा उपप्रधानमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान आगामी साता नेपाल भ्रमणका लागि आउने भएका हुन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा युएईका उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानले वैशाख ९–१० मा नेपाल आउन लागेका हुन् ।
उनी दुई दिन नेपालमा रहने छन् ।
प्रतिक्रिया