भ्रष्टाचार आरोपमा युएईका तीन खेलाडी निलम्बन

भ्रष्टाचार आरोपमा युएईका तीन खेलाडी निलम्बन


एजेन्सी । युएईका कप्तानसहित ३ खेलाडी निलम्बनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भ्रष्टाचारविरोधी संहिता बिपरित काम गरेको भन्दै निलम्बन गरेको हो ।

आइसिसीले युएईका कप्तान मोहमद नाबीद, तीव्र गतिका बलर क्वादर अहमेद र ब्याट्सम्यान शैमान अनवारलाई भ्रष्टाचार अभियोगमा निलम्बन गरेको हो ।

अलराउन्डर नाबीदलाई खेलका दौरान ’फिक्स र नियन्त्रण’ गरेको आरोप लाइएको छ । नाबीदले अरुलाई प्रभावमा पार्न खोजेको आइसिसीको आरोप छ । यस्तै अहमेदलाई भित्री जानकारी दिएको अभियोग छ ।

यस्तै अनुसन्धानमा सहयोग नगरेको पनि उनीहरुमाथि अभियोग छ । यस्तैगरी शैमानले खेलमा अनुचित रुपमा प्रभाव पार्न खोजेको आइसिसीको आरोप छ ।

आइसिसीले नाबीदलाई दर्जन, अहमेदलाई ६ र शैमानलाई २ वटा अभियोग लगाएको छ । उनीहरुलाई ३० अक्टोबरभित्र अपिल गर्न आइसिसीले निर्देशन दिएको छ ।