अब यूएइ जान कामदारलाई प्रहरी रिपोर्ट नचाहिने

अब यूएइ जान कामदारलाई प्रहरी रिपोर्ट नचाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- अब संयुक्त अरब इमिरेटस् (यूएई) जान प्रहरी रिपोर्ट नचाहिने भएको छ । यूएईको परराष्ट्र मन्त्रालयले अप्रिल १ देिख त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने नियम ल्याएको हो ।

यूएई स्थित नेपाली राजदूत सागर फुँयालले अबदेखि नेपाली कामदारलाई प्रहरी रिपोर्ट नचाहिने जानकारी दिएका हुन् । यस नियमले अब यूएइ जाने कामदारलाई केही राहत पुग्ने देखिन्छ । हाल यूएईमा आधिकारिकरुपमा २ लाख २५ हजार नेपाली रोजगारीमा छन् ।