एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएइ) की रानी ह्या बिन्त अल हुसैन दुई बच्चासहित वेपत्ता भएकी छन् ।
उनी दुबईका उपराष्टपति एवम् अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मकतुमकी छैठौं पत्नी ह्या बिन्त अल हुसैन ११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायदका साथमा ३१ मिलियन पाउन्ड (करिब ३ सय करोड) रुपैयाँ लिएर बेपत्ता भएकी छिन् ।
अन्तराष्टिय सञ्चारमाध्यामहरुका अनुसार बेपत्ता रानी बेलायतको राजधानी लण्डनमा हुन सक्ने अड्कल गरिएपनि पछिल्ला दिन उनी दुबईबाट सिधै जर्मन गएको अनुमान गरिएको छ ।
जर्मनीमा उनले सरकारसँग राजनीतिक शरण मागेको समेत बताइएको छ । अरब मिडियाहरुको अपुष्ट समाचार अनुसार ह्यालाई दुबईबाट निकाला गरिएको हो ।
दुबईबाट उनलाई निकाल्न जर्मनीका एक कुटनीतिज्ञको समेत हात रहको बताइएको छ । यसले गर्दा दुबई र जर्मननीबीचको कुटनीतिक सम्बन्धमा समेत दरार पैदा हुने खतरा देखिएको छ । यसअघि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन् ।
उनलाई भारतको गोवाबाट उद्धार गरेर संयुक्त अरब इमिरेट्सको शाही परिवारलाई बुझाइएको थियो ।
उनले आफ्नो पिताको अन्याय र अत्याचार खप्न नसकेर भाग्नुपरेको बयान दिएकी थिइन् । त्यसको केही समयपछि रानीले समेत देश त्याग्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।
प्रतिक्रिया