घटस्थापनाबाट बिहान ४ देखि राति १२ बजेसम्म आन्तरिक उडान हुने 

घटस्थापनाबाट बिहान ४ देखि राति १२ बजेसम्म आन्तरिक उडान हुने 


काठमाण्डु–नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १२ बजेसम्म उडान भर्ने भएको छ ।

प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको हो ।

प्राधिकरणले भनेको छ–’देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७–३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण विमानस्थलहरु विहान ४:३० बजेदेखि राती १२:०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने)संचालनमा आउने व्यवस्था मिलाइएको छ ।’