निरन्तरको वर्षाले आन्तरिक उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरूको बाक्लो भिड

निरन्तरको वर्षाले आन्तरिक उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरूको बाक्लो भिड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निरन्तरको वर्षाका कारण मौसम खराब भएपछि आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

त्रिभुवन विमानस्थलबाट लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थलमा उडान भएका छैनन् । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरमा भने उडान भइरहेको छ ।

आजको माउण्टेन फ्लाइटहरु रद्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना भएकाले दिनभर नै उडान प्रभावित हुने सम्भावना छ । काठमाडौंबाट आन्तरिक उडानमार्फत गन्तब्यमा पुग्न हिँडेका यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अड्किएका छन् ।

उडान सुचारु नहुँदा विमानस्थलमा यात्रुहरूको भिड बढेको छ । प्रवक्ता शेर्पाले आज केही उडान भए पनि अधिकांश उडान प्रभावित भएका जानकारी दिए ।