काठमाडौं – बेलायतको दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा नेपाल र बेलायतको द्धिपक्षिय हित र सहकार्यका बारेमा छलफल भएको थियो
भेटमा अध्यक्ष दाहालले राजनीतिक परिवर्तन पश्चात देशमा भइरहेको आर्थीक प्रगती र सम्भावनाका बारेमा जानकारी गराएका थिए । ‘नेपालमा लामो समय पश्चात राजनीतिक स्थिरता कायम भएको छ, यो नै नेपालको आर्थिक विकासका लागि सबैभन्दा बलियो आधार हो ।’ भेटमा प्रचण्डले भने ।
अध्यक्ष दाहालले नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएको बताउँदै विश्वका धेरै लगानीकर्ताहरु यहाँ लगानी गर्न इच्छुक रहेको बताए । उनले भने, ‘हामी लगानीकर्ताको सुरक्षा र लगानीको ग्यारेन्टी गर्न योजना बनाईरहेका छौं ।’
भेटका अवसरमा प्रमुख बेलीले विश्वभरिमा सबैभन्दा प्रिय देश नेपाल भएकाले यहाँ लगानीकर्ताहरु आकर्षित भएको बताए ।
नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरु इच्छुक रहेको उनको भनाई थियो । उनले सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै वर्तमान सरकारले देशको विकास गर्नेमा आफु आशावादी रहेको बताए ।
उनले अध्यक्ष दाहाललाई नेपालका अत्यन्त लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमानस्थिर सरकारसम्म विकसित राजनैतिक घटनाक्रमबारे चासो राखेका थिए ।
प्रतिक्रिया