काठमाडौं – बेलायतले यूरोपेली संघ इयूसँगको ४७ वर्ष लामो आवद्धता तोडेको छ । शनिबार बिहानदेखि इयुसँगको ४७ वर्ष लामो आवद्धता बेलायतले तोडेको हो । युरोपेली संघबाट बाहिरिएलगत्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताएका छन ।
‘अब देशलाई एक ढिक्का बनाएर अघि बढाउनु छ,’ भिडियो सन्देशमा उनले भनेको छन यो अन्त्य हैन अब सुरुवात हो ।’
बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ । सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने भएकाले बेलायतमा इयूबाट भएको बहिर्गमनको तत्कालै प्रभाव भने नदेखिने बीबीसीले जनाएको छ ।
यस क्रममा देशभर र्याली भइरहेको छ । केही र्यालीमा यो फैसलाको पक्षधर सहभागी छन् भने केही विरोधमा उत्रेका छन् । ब्रसेल्समा यूरोपेली संघको संस्थानबाट ब्रिटेनको झण्डा हटाइएको छ ।
तर यो परिवर्तनका बावजूद कैयौँ पुराना कानुन पहिले जस्तै लागु रहने छन् । सन २०१६ मा संघबाट अलग हुने कि नहुने भन्नेबारेमा जनमत संग्रह भएको थियो । जसमा बेलायती नागरिकले संघबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए ।
प्रतिक्रिया