विप्लवप्रती कठोर बन्दै सरकार, प्रभावशाली नेतृ भुजेल काठमाडौंबाटै गिरफ्तार

विप्लवप्रती कठोर बन्दै सरकार, प्रभावशाली नेतृ भुजेल काठमाडौंबाटै गिरफ्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रमुख नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा पक्राउ परेको करिब तीन सातापछी गोर्खा जेलब्रेककी कमाण्डर नेतृ उमा भुजेललाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

माओवादीले थालेको १० वर्षे जनयुद्धका क्रममा उनकै नेतृत्वमा गोर्खा जेल ब्रेक भएको थियो । उनी तत्कालिन माओवादीको सैन्य मोर्चामा कमाण्डरको रुपमा समेत कार्यरत थिईन् । माओवादी पार्टीमा रहदा उनी अन्तरीम विधायीक समेत बनेकी थिईन ।

विप्लव नेतृत्वको पार्टीमा उनी शिर्ष नेताहरुमध्ये एक हुन । भुजेललाई गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा प्रक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ ।