काठमाण्डु – दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार उमा शेर्पा विजयी भएकी छन् ।
आईतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा २ हजार ८०५ मत ल्याएर विजयी भइन् ।
निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६०० मत पाएकी छन् । नेपाली कांग्रेसकी पासाङदिकी शेर्पाले १ हजार ७२७ मत ल्याएर तेस्र्रो भएकी छन् ।
गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १०० मत पाएको छ । राप्रपाले ११८ र एकीकृत समाजवादी पार्टीले ९० मत ल्याएको छ । कूल ७ हजार ५९० मत खसेकोमा ७ हजार ४८० मत सदर भएको थियो भने १ सय १० मत बदर भएको थियो ।
२०७९ सालको निर्वाचनमा गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका छन् ।
प्रतिक्रिया