वर्षा नरोकिएपछि एमाले केन्द्रीय सचिवालय बैठक स्थगित

वर्षा नरोकिएपछि एमाले केन्द्रीय सचिवालय बैठक स्थगित


काठमाण्डु – सिरहाको विष्णुपरकट्टीमा भोलि शनिवारदेखि हुने भनिएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

मदन भण्डारीलाई महासचिव चुन्ने पञ्चायतकालमा भएको चौथो महाधिवेशन आयोजनास्थल क्षेत्रमा अविरल वर्षा नरोकिएपछि एमाले सचिवालय बैठक स्थगित भएको जनाइएको छ ।

एमालेले ऐतिहासिक पृष्ठभूमिसहित बैठक राखे पनि प्रतिकूल मौसमका कारण स्थगित भएको छ ।