प्रदेश अधिवेशन गर्दै एमाले, भोलि लुम्बिनी प्रदेशमा हुने

प्रदेश अधिवेशन गर्दै एमाले, भोलि लुम्बिनी प्रदेशमा हुने


बुटवल – नेकपा एमाले संघीयता कार्यान्वयनपछि पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको छ । सबै प्रदेश अधिवेशनको मिति तय भइसके पनि भोलि शनिबार लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा शुरू हुँदैछ ।

अधिवेशन २ दिनसम्म चल्ने गरी सबै तयारी पूरा भएको एमालेले जनाएको छ । अधिवेशनमा प्रदेशका १२ जिल्ला र जनसंगठनबाट गरी १ हजार ४ जना प्रतिनिधिले भाग लिनेछन् ।

अधिवेशन आयोजक कमिटीले आज शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ ।

एमाले लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने बताइन् । अधिवेशनबाट प्रदेशको नेतृत्वमा आउनका लागि निर्वाचन समेत गरिने बताइएको छ ।

इन्चार्ज अर्यालले सहमतीय नेतृत्व चयनका लागि बाटो खुला गरेको र सहमतिमा पुग्न नसके निर्वाचनबाट टुंगो लगाउने बताइन् । लुम्बिनी प्रदेश कमिटी अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरिप्रसाद रिजालले आकांक्षा देखाएका छन् ।