एमालेको बागमती प्रदेश अधिवेशन सुरू

एमालेको बागमती प्रदेश अधिवेशन सुरू


काठमाण्डु – नेकपा एमालेको पहिलो बागमती प्रदेश अधिवेशन सुरू भएको छ ।

काठमाण्डुको भृकुटीमण्डमा अधिवेशन उद्घाटन समारोह सुरु भएको हो ।

उद्घाटनमा प्रविधिको भरपुर उपयोग गरिएको छ । उद्घाटनमा ड्रोनबाट अधिवेशनको ब्यानर उडाइएको छ भने रिमोर्ट कन्ट्रोलबाट दीयो बालिएको छ ।

प्रदेश अधिवेशनमा १ हजार ८० जना प्रदेश अधिवेशन प्रतिनिधिले भाग लिएका छन् । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।