एमाले बागमती प्रदेश अधिवेशनमा आज ६ बजेदेखि मतदान हुने

एमाले बागमती प्रदेश अधिवेशनमा आज ६ बजेदेखि मतदान हुने


काठमाण्डु – नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरेर साँझ ६ बजेदेखि मतदान हुने भएको छ ।

साँझ ६ बजेपछि मतदान हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।

अहिले उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर छानबिन निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता लगायतको कार्यक्रम चलिरहेको छ । ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि ६ बजे निर्वाचन हुनेछ ।

प्रदेश कमिटीको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी गरेको छ । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सचिव पदमा ४ र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ ।