एमालेले झुलाघाटबाट ‘समृद्धिका लागि संकल्प यात्रा’ सञ्चालन गर्ने

एमालेले झुलाघाटबाट ‘समृद्धिका लागि संकल्प यात्रा’ सञ्चालन गर्ने


काठमाण्डु – नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा मंसिर १४ गतेबाट ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ सञ्चालन गर्ने भएको छ ।

बुधबार बसेको एमाले सचिवालय बैठकले यात्रा सञ्चालन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । अभियानको अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटबाट सुरुवात गर्ने जनाइएको छ ।

अभियानका लागि नेता–कार्यकर्ता परिचालन गर्न आगामी मंसिर ६ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको नेता ज्ञवालीले बताए ।

अभियानअन्तर्गत जिल्ला, प्रदेश र केन्द्रको टोली खटिने छ । अभियान अन्तर्गत विकासका समस्या पहिचान गर्दै समृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको एमालेले जानकारी दिएको छ ।

अभियानअन्तर्गत एमालेले जनतासँग संवाद गर्दै जनताका कुरा सुन्ने भएको जनाइएको छ ।