युवासंघले भोलि गर्ने जनप्रदर्शनलाई सभ्य बनाउन एमालेको निर्देशन

युवासंघले भोलि गर्ने जनप्रदर्शनलाई सभ्य बनाउन एमालेको निर्देशन


काठमाण्डु – नेकपा एमालेले पार्टीको भातृ संगठन राष्ट्रिय युवासंघले भोलि गर्न लागेको कार्यक्रमलाई सभ्य ढंगले सम्पन्न गर्न निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले कार्यक्रमलाई सभ्य बनाउन निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले भने, ‘भोलि पार्टीका भातृ संगठनहरूले जनप्रदर्शनको विरोध कार्यक्रम गर्दैछन् । त्यो कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नका लागि केन्द्रीय कमिटीले निर्देशन दिएको छ । त्यसको वनरशिप पार्टीले लिएको छ ।’

युवासंघले व्यवसायी दुर्गा प्रसाईंसँग कार्यक्रम नजुधाएको उनले बताए ।

राति महिलाहरूलाई ओछ्यानबाट लखेटेको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको उनले बताए । घटनाबारे युवा संघलाई पनि ध्यानाकर्षण गराएको जनाउँदै उनले छानबिन गर्दा दोषी देखिए कारबाही गर्ने बताए ।