एमाले बागमती सम्पर्क कमिटी अध्यक्षमा ठकुरी पुनः निर्वाचित

एमाले बागमती सम्पर्क कमिटी अध्यक्षमा ठकुरी पुनः निर्वाचित


काठमाण्डु – नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी पुनः निर्वाचित भएका छन् ।

गएराति सम्पन्न निर्वाचनमा ठकुरी प्रतिस्पर्धी विवेक शर्मा (विष्णु खनाल) लाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचनबाट उपाध्यक्ष सरोजमोहन लामा, सचिवमा धनबहादुर पलामी र उपसचिवमा अमृत खडका र सरिता जिरेल निर्वाचत भएका छन् ।

एमाले बागमती सम्पर्क कमिटीमा सहमति जुट्न नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको छ ।