राष्ट्रियसभा उम्मेदवारका लागि गण्डकीबाट एमालेका ९ जनाको नाम सिफारिस

राष्ट्रियसभा उम्मेदवारका लागि गण्डकीबाट एमालेका ९ जनाको नाम सिफारिस


पोखरा – आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रदेश कमिटी बैठकले ९ जनाको नाम सिफारिस गरेको छ ।

केन्द्रीय कमिटीलाई अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, बाग्लुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस भएको छ ।

अपाङ्ग/अल्पसंख्यकमा कास्कीका मेघराज शर्मा, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मिना बरामको नाम सिफारिस भएको छ ।

महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम गण्डकी प्रदेश कमिटीले पठाएको छ ।

माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल फागुन २० गते सकिँदैछ ।

अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन् भने पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।