एमाले सचिवालय बैठकले गर्‍यो ६ जना केन्द्रीय सदस्य मनोनित

एमाले सचिवालय बैठकले गर्‍यो ६ जना केन्द्रीय सदस्य मनोनित


काठमाण्डु – नेकपा एमालेले ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ ।

आज शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका नेताहरूसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

महासचिव शंकर पोखरेलले बैठकपछि दिएको जानकारीअनुसार बैठकले तुल्सीप्रसाद न्यौपाने, रामअवतार यादव, केशवराज पाण्डे, विनोद शाह र दामोदार भण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

बैठकले झापा जिल्ला अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनित गरेको छ । मनोनितमध्ये कार्कीबाहेक यसअघि प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए ।

महासचिव पोखरेलले प्रदेश नेतृत्वमा रहेका ५ जना र लामो समय झापा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका १ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको जानकारी दिए ।