एमालेले राष्ट्रिय सभाका १९ वटै सिटमा उम्मेदवारी दिने, उम्मेदवार ओलीले टुंग्याउने

एमालेले राष्ट्रिय सभाका १९ वटै सिटमा उम्मेदवारी दिने, उम्मेदवार ओलीले टुंग्याउने


काठमाण्डु – नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

ललितपुरको च्यासल कार्यालयमा ४ घण्टा चलेको पार्टी सचिवालय बैठकमा सातै प्रदेशबाट आएका नामहरूबारे प्रारम्भिक छलफल भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

पार्टीले १९ वटै सिटमा उम्मेदवारी दिने र क्लस्टर मिलाउन बाँकी रहेको उनले बताए ।

उनले भने, ‘हामीले ७ वटै प्रदेशका तर्फबाट त्यो प्रदेशका रिक्त रहेका पदका लागि ३–३ जनाको नाम सिफारिस गरेका थियौं, खासगरी आन्दोलनमा योगदान गरेका र सबै पक्षको विश्वास जित्न सक्नेलाई सिफारिस गर्न भनेका थियौं । प्रदेशबाट नाम सिफारिस गर्नुभएको छ । क्लस्टरअनुसार नामका बारेमा छलफल गरेका छौं, कतिपय क्लस्टर प्रमाणीकरण गर्नुपर्ने भएको छ । सिफारिस भएर आएका नामहरू क्लस्टरमा पर्ने/नपर्ने स्पष्ट भएर पुस २३ गते १९ वटै सिटमा उम्मेदवारी दर्ताको तयारी गरेका छौं ।’

बैठकले क्लस्टरअनुसार नामावलीको अन्तिम टुंगो लगाउने कामको जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको छ ।