भोलि र पर्सि एमाले संसदीय दलको बैठक बस्ने

भोलि र पर्सि एमाले संसदीय दलको बैठक बस्ने


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि र पर्सि संसदीय दलको बैठक बोलाएको छ ।

एमाले संसदीय दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आईतबार २ दिन बस्ने गरी संसदीय दलको बैठक बोलाएका छन् ।

बैठकमा आगामी सोमबारबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसद्मा पार्टीको तर्फबाट खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।