नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि बस्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि बस्ने


काठमाण्डु – नेकपा एमालेले फागुन ८, ९ र १० गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

अनौपचारिक रूपमा नेताहरूबीच फागुन ८–१० गते केन्द्रीय कमिटी बैठक बोलाउने सहमति भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकमा झुलाघाट–चिवाभन्ज्याङ यात्राको समीक्षाका साथै पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे विश्लेषण हुनेछ । बैठकमा २०८१ सालमा पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने यसअघिको घोषणाको कार्यान्वयन पक्षमा गर्नुपर्ने काम र तयारी तथा पार्टीको आन्तरिक सांगठनिक व्यवस्थापनको कार्यविधिमाथि छलफल गर्ने जनाइएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे प्रतिवेदन पेश गर्नेछन् भने प्रदेश अध्यक्षहरूले प्रादेशिक रिपोर्ट पेश गर्ने जनाइएको छन् ।