कांग्रेसले दादागिरी गर्दै गैरसंसदीय चरित्र देखायो : एमाले

कांग्रेसले दादागिरी गर्दै गैरसंसदीय चरित्र देखायो : एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखाएको भन्दै नेकपा एमालेले निन्दा गरेका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले संसद्मा देखाएको चरित्र अलोकतान्त्रिक मात्रै नभएर दादागिरी शैलीको भएको आरोप लगाए ।

प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘आज ११ बजेका लागि संसद् बैठक बोलाइएको थियो । प्रमुख प्रतिपक्षीको मागबमोजिम अपराह्न ४ बजेको लागि सारिएको थियो । ४ बजे बोलाएको बैठक ६ बजे सुरु भयो । लामो समयदेखि कांग्रेसले हाउसलाई बन्धक बनायो । कांग्रेसले आफ्नो विषय राख्ने क्रममा तर कांग्रेसले हौसिएर, मात्तिएर कांग्रेसले सरकारको रोमा आएर, कांग्रेसका सिनियर पदाधिकारी माननीयजीले उपसभामुखको चेयरमा आएर बस्ने काम गर्नुभयो, यसप्रकारको असंसदीय अनि अमर्यादित काम गर्नुभयो, हाम्रो दलको नेतामाथि अमर्यादित व्यवहार भयो । यसको म घोर भन्र्सना गर्दछु । कांग्रेसबाट अलोकतान्त्रिक र गैरसंसदीय प्रदर्शन गर्‍यो । नेपाली कांग्रेसले सदनलाई मुठभेडको ठाउँमा लैजाने अनि दादागिरी मच्चाउने काम गरेको छ । म एमालेको तर्फबाट घोर भत्र्सना गर्दछु ।’