एमालेका ३० नेता आज चीन जाँदै

एमालेका ३० नेता आज चीन जाँदै


काठमाण्डु-नेकपा एमालेका जम्बो टोली आज चीन भ्रमणमा जाँदैछन् । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेका हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरू १० दिने चीन भ्रमणमा जान लागेको हो । त्यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने जनाइएको छ ।

भ्रमण दलमा एमाले उपमहासचिव विष्णु रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत (इलाम), सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायत छन् ।