काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।
संसद् परिसरमा सोमबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस वर्ष त्यस्तो सम्भावना नरहेको प्रतिक्रिया दिए ।
सञ्चारकर्मीले ‘तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ, कहिले हो शपथ ?’ भनेर प्रश्न गर्दा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन खोइ !’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच भेटघाट भएपछि सरकारले फेरबदलको चर्चा चलेको छ ।
प्रतिक्रिया