काठमाण्डु – नेकपा एमालेले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मंगलबारको केन्द्रीय सचिवालय बैठकले २४ घण्टाभित्र मार्गप्रशस्त गर्न आग्रह गरे पनि प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले सरकारमा सहभागी मन्त्रीहरूले बुधबारै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र बुझाउने बताए । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिमा समर्थन गर्न प्रचण्डलाई आग्रह गरिएको थियो ।
कांग्रेस–एमाले मिलेर नयाँ गठबन्धन बनाएपछि एमालेले सरकार छाड्न लागेको हो । प्रचण्डले भित्रभित्रै कांग्रेससँग मिलेर एमालेलाई फेरि धोका दिन थालेको आरोप लगाउँदै एमाले–कांग्रेस मिल्ने परिस्थिति बनेको स्पष्ट पारेको छ ।
प्रतिक्रिया