एमालेका मन्त्रीहरूलाई बालकोटमा बोलावट

एमालेका मन्त्रीहरूलाई बालकोटमा बोलावट


काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई बालकोट बोलाएका छन् ।

सत्ता समीकरण फेरबदल भएपछि मन्त्रीहरूलाई अध्यक्ष ओलीले बालकोट बोलाएका छन् ।

असार १७ गते राति नेपाली कांग्रेस र एमालेबीच सहमति भएपछि नयाँ गठबन्धनबाट ओली प्रधानमन्त्री बन्ने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने तर संसद्मा विश्वासको मत लिने अडान राखेका छन् ।