एमाले उपाध्यक्षमा बराल मनोनित, यी २ नेता बने स्थायी कमिटी सदस्य

एमाले उपाध्यक्षमा बराल मनोनित, यी २ नेता बने स्थायी कमिटी सदस्य

फाइल तस्विर

काठमाण्डु – नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनित गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्ष पदमा मनोनयन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

एमालेले २ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको महासचिव पोखरेलले बताए ।

बैठकले एमाले केन्द्रीय नेताहरूको कार्यक्षेत्र हेरफेरको निर्णय समेत गरेको छ ।