धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन् ।
मंगलबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले जिम्मेवारी हेरफेरको निर्णय गरेको हो ।
यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल र सचेतकमा निर्मलादेवी साउँद रहेका थिए ।
पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउँद राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए ।
प्रमुख सचेतकमा चयन भएका मल्ल डोटीको प्रदेश सभा (१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । बम बैतडीबाट समानुपातिक सांसद हुन् ।
प्रतिक्रिया