एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने, यी ४ एजेन्डा तय

एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने, यी ४ एजेन्डा तय


काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको आठौं बैठक बस्ने मिति तय गरेको हो ।

काठमाण्डुमा बस्ने केन्द्रीय बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक काम, सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावहरू एजेन्डा तय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बुधबारको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशित गर्दै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।