भीम रावललाई निष्कासन गर्ने निर्णय एमाले केन्द्रीय कमिटी बैठकबाट अनुमोदन

भीम रावललाई निष्कासन गर्ने निर्णय एमाले केन्द्रीय कमिटी बैठकबाट अनुमोदन


काठमाण्डु – नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निष्कासन गर्ने सचिवालय बैठकको निर्णयलाई अनुमोदन गरेको छ ।

आईतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै निर्णय अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्दै स्थायी कमिटी सदस्यहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गरेको थियो ।

सचिवालय बैठकले निष्कासन गरे पनि केन्द्रीय कमिटी बैठकबाट त्यसलाई सच्याउन सकिने र रावललाई पार्टीमा सक्रिय बनाउनुपर्ने चर्चा चले पनि अब त्यो बाटो पनि बन्द भएको छ ।